
मौलिक सँस्कृतिको जर्गेनामा विधार्थीहरुले सक्रियता देखाएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिका १ मा अवस्थित सिद्धार्थ क्याम्पसका विधार्थीहरु मौलिक सँस्कृति जर्गेनामा सक्रिय देखिएका हुन् । शुक्रबार क्याम्पसको सभाहलमा थारु समुदायको महत्वपुर्ण पर्व ‘बड्की आइतबारि ’को अवसरमा विशेष कार्यक्रम गरिएको छ ।
क्याम्पसमा गठित थारु विधार्थी समाज र स्थातक तह चौथो बर्षको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । आधुनिकतामा रमाईरहेका युवालाई आफ्नो सँस्कृति जर्गेनामा उत्तरदायी बनाउँदै सचेत गराउने उद्देश्यसहित कार्यक्रम गरिएको थारु विधार्थी समाजका अध्यक्ष हरिप्रसाद थारुले बताए ।
सो कार्यक्रममा थारु परिकारका खानासहित थारु सँस्कृतिक पहिरन र थारु सँस्कृति झल्काउने नाँच प्रस्तुत गरिएको उनले जानकारी दिए । कार्यक्रम ‘हम्मन सँस्कृति हम्मनके शान, सँस्कृति जर्गेना कईना हम्मनके अभियान’ भन्ने मूल नारासहित सम्पन्न भएको हो ।
कार्यक्रममा क्याम्पसका प्राध्यापकसंगै विधार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
फेसबुकमा प्रतिक्रिया दिनुहोस
धेरै पढिएको
ताजा समाचार
लोकप्रिय
© 2023: nayabook
Website by: multimediautility